काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा थप ३११४ मा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ गरी ३११४ मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ को मृत्यु भएको छ र २१९७ संक्रमणमुक्त भएका छन् । काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ मा कोरोना संक्रमण भएको छ ।
त्यस्तै काठमाडौं उपत्यका बाहिर कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।