२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

टोकियो ओलम्पिक : फुटबलमा ब्रजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना र फ्रान्स पराजित

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं, साउन । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकको पुरुष फुटबलमा ब्रजिलले जर्मनीमाथि शानदार जित निकालेको छ । ब्रजिलले बिहीबार राति भएको खेलमा जर्मनीलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

ब्रजिललाई जिताउन रिचार्लिसनले ह्याट्रिक गरे । त्यस्तै पाउलिन्होले एक गोल गरे । जर्मनीका लागि अचेर र अमिरीले १–१ गोल गरे । फ्रान्स भने पराजित भएको छ । फ्रान्स मेक्सिकोसँग ४–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सका लागि गिग्न्याकले सान्त्वना गोल फर्काएका थिए । त्यस्तै कोपा अमेरिका कप च्याम्पियन अर्जेन्टिना पनि पराजित भएको छ । अर्जेन्टिनालाई अष्ट्रेलियाले २–० गोल अन्तरले पराजित गरेको हो ।

यस्तो छ अन्य खेलको नतिजा–

इजिप्ट ०–० स्पेन

न्यूजिल्याण्ड १–० दक्षिण कोरिया

आइभरी कोष्ट २–१ साउदी अरेबिया

होन्डुरस ०–१ रोमानिया

जापान १–० दक्षिण

अफ्रिका टोकियो ओलम्पिकको उद्घाटन खेल भने शुक्रबार हुनेछ । कोरोना महामारीबीच दर्शकविहीन सीमितको उपस्थितिमा उद्घाटन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार