काठमाडौं, साउन। पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ मा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजारमा गरिएको एन्टिजेन परीक्षणमा ५७८ गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ को मृत्यु भएको छ । यस्तै १ हजार ६६७ संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ ।
तीमध्ये ९ हजार ५५० को मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ संक्रमणमुक्त भएका छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८३४ होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५६१ को आईसीयू र १६५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८५, प्रदेश २ मा ४२, प्रदेश ३ मा ५९२ संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २५७, लुम्बिनीमा ८७, कर्णालीमा २१ र सुदूरपश्चिम प्रदेशमा ३९ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।
कहाँ कति थपिए संक्रमित :
नयाँ संक्रमितमध्ये ३३४ काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २३४, ललितपुरका ६४ र भक्तपुरका ३६ छन् । यस्तै चितवनमा १६१, कास्कीमा ११५, झापामा ८९, मोरङमा ४७ र रुपन्देहीमा ४५ मा संक्रमण पुष्टि भएको छ ।
नवलपरासी पूर्वमा ३६, कैलालीमा ३१, बागलुङमा २९, नुवाकोटमा २५, धादिङमा २४ र स्याङ्जामा २० संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।