२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काठमाडौं उपत्यका : थप ५४१ कोरोना संक्रमित

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन । काठमाडौं उपत्यकामा थप ५४१ मा कोरोना संक्रमित भएको छ। काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी ५५३ मा संक्रमण पुष्टि भएको हो।
अहिले काठमाडौं उपत्यकामा ७६१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४४३, भक्तपुरमा १०४५ र ललितपुरमा ११३१ सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ मा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ को पिसिआर परीक्षणबाट २००६ मा संक्रमण पुष्टि भएको छ भने ४५६९ को एन्टिजेन परीक्षणबाट ९३० मा भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५  संक्रमणमुक्त भएका छन्।  यस्तै ४३ को ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार