२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टा : देशभर थप २ हजार ९३६ मा कोरोना संक्रमण, ४३ को मृत्यु

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं , साउन । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० मा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ को मृत्यु भएको छ भने थप १ हजार ७७५ निको भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।

तीमध्ये ९ हजार ५०६ को मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३  संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४  होम आइलेसनमा रहेका छन् ।

यस्तै २ हजार ५५३  संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ को आईसीयू र १७४ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४० मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् । कहाँ कति थपिए संक्रमित गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५४१  काठमाडौं उपत्यकाका हुन् ।

जसमा काठमाडौंका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ संक्रमित छन् । यस्तै सुनसरीमा २८४, मोरङमा २४६, झापामा १५१, चितवनमा ५७ र कैलालीमा ५१ मा संक्रमण देखिएको छ ।

मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५/३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१  संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार