काठमाडौं, असार । काठमाडौं उपत्यकामा मंगलबार ५८७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ संक्रमित थपिएका छन्।
उपत्यकामा ७ हजार ७४९ संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौं जिल्लामा ५ हजार ४६४, ललितपुरमा १२७१ र भक्तपुरमा १०१४ सक्रिय संक्रमित छन्।
यस दिन देशभर ११ हजार १२ मा परीक्षण गरिएको हो। यो परीक्षणमा देशभर २ हजार ३९८ मा संक्रमण देखिएको छ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १२ जनाको मृत्यु भएको छ। यी सहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।
२ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्।