काठमाडौं, असार। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जनामा कोरोना
भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् ।
देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना ९पीसीआर परीक्षणमा० पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।