काठमाडौं, असार । पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमितको सङ्ख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १९ हजार ८९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २० सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार ३८२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १७३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ५, ५३५ पीसीआर र ३, ६८३ को एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।