२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

युरोकप फुटबलस् स्पेन र क्रोएसिया भिड्दै

सोमवार , आषाढ १४, २०७८

काठमाडौं , असार। युरोकप फुटबलमा दोस्रो चरण ९राउण्ड अफ सिक्सटिन०का खेलहरू जारी रहने क्रममा आइतबार स्पेन र क्रोएसिया भिड्दै छन्। तीन पटकको विजेता स्पेन समूह ुईुबाट तीन खेलमा ५ अङ्क सहित दोस्रो चरण प्रवेश गरेको हो भने क्रोएसिया समूह ुडीुबाट तीन खेलमा 
४ अङ्क सहित दोस्रो हुँदै माथि उक्लिएको हो।
सन् २०१८को विश्वकपको उपविजेता क्रोएसियालाई स्पेनको युवा टोलीले चुनौती दिने विश्लेषकहरूको भनाई रहेको छ। सन् २०१२को युरो जितेपछि ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्न नसकेको स्पेनका लागि क्रोएसिया विरुद्धको खेल आफूलाई सिद्ध गर्ने चुनौतीका रूपमा रहने छ । सन् २०१८को विश्वकप उपविजेता क्रोएसियालाई पनि विश्व फुटबलमा आफ्नो सम्मानजनक उपस्थितिका लागि स्पेन विरुद्धको जित आवश्यक रहेको छ।
यसअघि युरोकपमा दुई टोलीबीच सन् २०१२ र २०१६ मा खेल भएको थियो। सन् २०१२मा स्पेन विजयी भएको थियो भने २०१६मा क्रोएसियाले जित हात पारेको थियो। दुवै युरोमा दुई टोलीबीच समूह चरणमा भेट भएको थियो। खेल नेपाली समय अनुसार आइतबार २१स्४५ बजे हुनेछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार